काठमाडौं । रसिया पठाइदिन्छु भन्दै १ लाख ६५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा उदयपुर उदयपुरगडी गाउँपालिका–९ ध्वासे फुलबारी घर भई काठमाडौं स्वयम्भू बस्ने ३० वर्षीय मिलन तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
तामाङले २ जनालाई वैदेशिक रोजगारीका लागि रसिया पठाई कन्स्ट्रक्सनमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं माखुशीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
FACEBOOK COMMENTS