काठमाडौं । एनआईसी एशिया क्यापिटलले धितोपत्रको दोस्रो बजार (सेकेन्डरी कार्मेट) मा सूचिकृत नभएका कम्पनीहरूलाई समेत शेयर रजिष्ट्रारको सेवा उपलब्ध गराउने भएको छ ।
क्यापिटलले ‘आइडिआ टू आईपीओ’ सेवाअन्तर्गत यस्तो सुविधा दिन लागेको हो । नेपालमै पहिलो पटक मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत संस्थागत परामर्श सेवासहित ‘आइडिआ टू आईपीओ’ सेवा सञ्चालन गरिएको एनआईसी एशिया क्यापिटलले जनाएको छ ।
जसअन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको ‘आइडियशन’देखि कम्पनी स्थापना, स्केल अप : एक्सपान्सन, ग्रोथ र फर्दर एक्सपान्सन हुँदै आईपीओ जारी गर्ने चरणसम्म कम्पनीलाई पुर्याउन आवश्यक पर्ने लगानीको स्रोत व्यवस्थापन तथा आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गरिने एनआईसी एशिया क्यापिटलले जनाएको छ ।
क्यापिटलको यो नवीन सेवाअन्तर्गत छोटो समयमा २२ वटा कम्पनीहरुसँग दुईपक्षीय सम्झौता सम्पन्न गरी पाँचवटा प्रालि कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गराई क्ष्एइ निष्काशनको कार्य समेत सम्पन्न गर्न सफल भइसकेको पनि कम्पनीले जानकारी दिएको छ । अन्य बाँकी कम्पनीहरु प्राइभेट प्लेसमेन्ट, आईपीओ तयारी मूल्याङ्कन परीक्षण (आरएटीई) प्रक्रियामा रहेको कम्पनीको भनाइ छ ।
FACEBOOK COMMENTS