काठमाडौँ । चालू आर्थिक वर्षमा निरन्तर वैदेशिक व्यापार घटिरहेको छ । गत वर्षको माघ मसान्तसम्मको तुलनामा निर्यात ७.०७ प्रतिशत कमी देखिएको छ ।
नेपालले समिक्ष अवधिमा वर्ष ८६ अर्ब ८३ करोड ९ लाख १२ हजार रुपैयाँ बराबरको निर्यात गरेको थियो । तर, यो गत वर्षको तुलनामा भने ६ अर्ब ६० करोड १४ लाख रुपैयाँ कमी हो । गत वर्षको सोही अवधिमा कुल ९३ अर्ब ४३ करोड २३ लाख रुपैयाँ बराबरको निर्यात व्यापार गरेको थियो ।
७ महिनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार ९ खर्ब ८४ अर्ब ७७ करोड ४८ लाख रुपैयाँ कायम भएको छ । तर, यो वर्षको तुलनामा २.७५ प्रतिशत कमी हो । गत वर्ष नेपालले १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो । आयातको तुलनामा निर्यात न्यून भएसँगै व्यापार घाटा पनि ८ खर्ब माथि पुगेको छ ।
समिक्षा अवधिमा नेपालको व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड २९ लाख रुपैयाँ कायम भएको छ। त्यस्तै उक्त अवधिमा वस्तु आयात ८ खर्ब ९७ अर्ब रुपैयाँबराबरको भएको छ । गत वर्ष यही अवधिमा ९ खर्ब १९ अर्ब रुपैयाँ बराबरको भएको थियो ।
FACEBOOK COMMENTS