काठमाडौं । सन सेक्युरिटिजले स्थानीयवासीहरूका लागि शेयर बजार तथा लगानीसम्बन्धी तालिम सञ्चालन गरेको छ ।
कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘सन विथ कम्युनिटी’ कार्यक्रम निर्माण गरी आजदेखि सो तालिम सञ्चालन गरेको हो ।
पहिलो कार्यक्रम काठमाडौं महानगरपालिका वडा नं. १ सँगको सहकार्यमा आज नक्सालमा सम्पन्न गरिएको कम्पनीले जनाएको छ । कार्यक्रमअन्तर्गत स्थानीय बासिन्दालाई शेयर बजार तथा लगानीसम्बन्धी एकदिने तालिम तथा सचेतना प्रदान गरिएको छ ।
काठमाडौं महानगरपालिका–१ का सचिव सर्वज्ञराज पौडेलको प्रमुख आतिथ्यता र सन सेक्युरिटिज प्रालिका कार्यकारी अध्यक्ष कृष्ण गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शेयर बजारको वर्तमान अवस्था, शेयरबजारमा निहित जोखिम तथा यसको व्यवस्थापन, शेयर बजारमा लगानी गर्ने समय र तरिका लगायतका विषयमा तालिम प्रदान गरिएको थियो ।
कार्यक्रममा एक नम्बर वडाभित्र बसोबास गर्ने करिब ६० जना स्थानीयको सहभागिता थियो ।
FACEBOOK COMMENTS