काठमाडौं, फागुन २३ -उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले कोरोना भाइसरको संक्रमण विश्वका विभिन्न देशमा फैलिरहेको समयमा माक्स र सेनेटाइजरको अत्याधिक माग बढेको र सर्वसाधारणले मौजाद राख्दा अभाव सिर्जना भएको दावी गरेको छ ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै दैनिक उपभोग्य वस्तु र मास्क तथा अन्य अत्यावश्यक वस्तुको सहज र नियमित आपूर्तिको व्यवस्था सहज गर्ने मन्त्रालयले जनाएको हो । यसमालागि माक्स र सेनेटाइजरको आपूर्ति बढाइ सहज र सरल बनाउन भन्सार महसुल छुटका लागि अर्थ मन्त्रालयसँग अनुरोध पनि गर्ने भएको छ ।
अहिले बजारमा माक्स र सेनिटाइजर चरम अभाव देखिएको छ। बजार अभावसँगै कालोबजारी गर्ने व्यवसायीलाई समेत मन्त्रालयले अनुगमन गर्दै कारबाही थालेको छ । बजारमा अहिले ५ रुपैयाँको माक्सलाई ५० रुपैयाँ सम्ममा बिक्री गरिरहेको छन।
त्यस्तै, मन्त्रालयले पेट्रोलियम पदार्थ, नुन, चिनी चामल लगायत खाद्यन्न आपूर्तिमा समस्या नरहेको जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि सँग हाल २५ हजार ६६९ मेट्रिक टन चामल मौज्दात रहेको मन्त्रालयको भनाई छ ।मन्त्रालयले खाद्यन्न ६ महिना, नुन १० महिना र ग्यास १ महिनालाई पुग्ने स्टक रहेको भन्दै उपभोक्तालाई नआत्तिन आग्रह गरेको छ ।
FACEBOOK COMMENTS