काठमाडौं फागुन २४ -नेपाल औषधि उत्पादन संघले विश्वका जुनसुकै मुलुकबाट कच्चा प्रदार्थ आयात गरेर भए पनि औषधिको अभाव हुन नदिने उद्घोष गरेको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको गर्दै हालसम्म ३ महिना सम्म पुग्ने औषधि र कच्चा प्रदार्थ मौज्दात रहेको जानकारी दिदै औषधिको बारेमा अनावश्यक चिन्ता नगर्न आग्रह गरेको हो ।
संघका महासचिव बिप्लव अधिकारीले भारत र चीनबाट व्यापारिक दृष्टिकोणले सरल भएकोले कच्चा प्रदार्थ त्यहाँबाट खरिद गर्ने गरेको भएता पनि विश्वका अन्य मुलुकबाट पनि कच्चा प्रदार्थ ल्याउन सकिने बताए ।अधिकारीले नेपालमा उत्पादन हुने ७५ प्रतिशत औषधिमा आफूहरुले अभाव हुन नदिने स्पष्ट पारे ।
सरकारले विदेशीलाई औषधिको बारेमा हारगुगार गर्नुको सट्टा नेपाली उद्योगीहरु सँग सहकार्य गरे दुई बर्षमा पूर्णरुपमा आत्मनिर्भर बन्न सक्ने क्षमता भएको महासचिव अधिकारीले दावी गरे।
औषधिमा आत्मनिर्भर बन्न सरकार व्यवसायीहरु बीच सहकार्य जरुरी रहेको समेत उनले बताए।
नेपालमा हाल एलोपेथिक औषधिका ६२ वटा उद्योगहरू सञ्चालन रहेकोमा ४२ वटा अन्य नयाँ उद्योग निर्माणधीन रहेको संघले जानकारी दिएको छ ।
नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष दीपक दाहालले अहिलेको अवस्थामा औषधिको मूल्य नबढाउने बताए।
FACEBOOK COMMENTS