काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले आज वार्षिक साधारणसभा बोलाएको छ ।
हिमालय दृश्य रिसोर्ट धुलिखेलमा सभा हुनेछ । कम्पनीले यो पटक गत आवको नाफाबाट सेयरधनीलाई लाभांश छैन । कम्पनीले सेयरधनीको हात खाली बनाएको छ । सभाले संस्थापक सेयरधनीबाट ४ जना सञ्चालक निवार्चन गर्नेछ ।
सभामा अन्य लघुवित्त संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश गर्ने छ ।
आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।
सभाका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरेको छ । फागनु १४ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
FACEBOOK COMMENTS