काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्सेमा २२ दशमलव १० अंकले बढेको छ ।
यो सँगै परिसूचक २ हजार ५२ दशमलव ६५ विन्दुमा पुगेको छ । आज ३ सय ४ कम्पनीको ७० लाख ४३ हजार ४ सय ५७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९२ करोड २७ लाख बराबरको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स १ दशमलव ०८ प्रतिशत, सेन्सेटिभ इन्डेक्स १ दशमलव १८ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ०८ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव २४ प्रतिशतले बढेको छ ।
FACEBOOK COMMENTS