काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेका सचिव एकनारायण अर्यालको गृह मन्त्रालयमा सरुवा भएको छ ।
अहिलेका गृह सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री कार्यालय जानु अघि अर्याल श्रम मन्त्रालयमा सचिवका रुपमा रहेका थिए ।
उनी गृह प्रशासनमा लामो समय प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरेका कर्मचारी हुन् ।
FACEBOOK COMMENTS