इनरुवा । सुनसरीको बर्जु गाउँपालिका–४ मा आज आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ ।
स्थानीय विष्णुदेव पौदारको घरमा आगलागी हुँदा १५ वटा घर जलेर नष्ट भई ५० लाख बराबरको क्षति भएको हो । आगलागीमा परेर स्थानीयको घर, घरभित्र रहेका विभिन्न फर्निचरका सामग्री, खाद्यान्न सामग्री, कपडालगायत सामग्री जलेर नष्ट भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।
आगलागीमा घरसहित अन्य सामग्री जलेर नष्ट हुँदा ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीलाई विराटनगर र इटहरीबाट गएको वारुणयन्त्रण, स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रण लिएको छ । आगलागीको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
FACEBOOK COMMENTS