दिपक पराजुली
हेटौडा, फागुन २६ – यहि आउदो चैत्र २८ र २९ गते हुने नेपाल उद्योग बाणिज्य महासंघको साधारण सभा नजिकिएसंगै चुनाबी माहोल पनि तात्दै गएको छ। महासंघको बिधान अनुसार बरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने भएकोले बर्तमानका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वत अध्यक्ष हुने पक्का छ।
अहिलेको बरिष्ठ उपाध्यक्ष पछिको स्वत अध्यक्ष हुने भएकोले बरिष्ठ उपाध्यक्ष पदको लागि हुने भिडन्त भने रोचक हुने देखिएको छ। बरिष्ठ उपाध्यक्षको पदमा एउटा पक्षको नेतृव किशोर प्रधानले गर्दैछन भने अर्को पक्षको नेतृत्व चन्द्र ढकालले गर्दैछन। प्रधान पक्षबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र बस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठको चर्चा छ। यसैगरी ढकाल पक्षबाट जिल्ला नगर उपाध्यक्षमा अरुणराज सुमार्गी र गुणनिधि तिवारी मध्ये एक र बस्तुगत तर्फ उमेशलाल श्रेष्ठको चर्चा छ। तर चर्चामा जे भएपनि सुमार्गीले आफु यो प्यानलबाट लड्ने भन्ने प्रस्ट पारेका छैनन्। बरु उनी मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष र उपाध्यक्षका साथ् पश्चिम देश दौडाहामा निस्किएका छन्।
मकवानपुर उद्योग बाणिज्य संघले जिल्ला अध्यक्ष हुदै महासंघ कै क्षेत्रिय अध्यक्ष भएर काम गरिसकेका अनुभबी अरुण राज सुमार्गी पराजुलीलाइ महासंघको जिल्ला नगर उपाध्यक्ष पदमा अगाडी बढाएको छ। व्यवसायीहरुको समस्याहरुलाई गम्भिरताका साथ् लिनुका साथै समस्याको सहजै निकास निकाल्ने क्षमता उनीमा भएको जानकारहरु बताउछन। । उनले केहि समय अगाडी पुर्बी नेपालका व्यवसायीहरुसंग भेटघाट र अन्तरक्रिया गरिसकेका छन्। पश्चिम भ्रमणको क्रममा पनि चितवन ,प्युठान ,रोल्पा ,कालिकोट ,दैलेख ,जाजरकोट , सुर्खेत ,जुम्ला ,अछाम ,दिपायल ,डडेल्धुरा,डोटी ,बैतडी ,अमरगढी ,धनगढी ,गुलेरिया , लगायतका व्यवसायीहरुसंग भेट र अन्तरक्रिया संगै सुमार्गी थप उत्साहित देखिएका छन्।
भेटघाटका क्रममा केहि जिल्लामा व्यवसायीहरुको विद्युत लगायत भौतिक पूर्वाधारका बिषयमा समस्या राखेका थिए भने केहि ठाउमा राज्यको नीतिगत समस्या देखिएको उनले बताए। व्यवसायीहरुले समस्याका संगसंगै खानी तथा खनिज उत्खनन जस्ता सम्भावनाको बारेमा पनि जानकारी गराएका थिए। भ्रमण टोलीले जाजरकोट उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष कमान बहादुर खड्कालाइ खुल्ला तर्फको केन्द्रिय सदस्यमा समर्थन गरेको छ भने सुमार्गीलाई दार्चुला उद्योग बाणिज्य संघले गाउ नगर उपाध्यक्ष पदमा प्रस्ताव गर्ने सहमति भएको जनाइएको छ।
FACEBOOK COMMENTS