काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्देशक थानेश्वर आचार्यलाई बर्खास्त गरेको छ ।
राष्ट्र बैंकका सहायक सूचना अधिकारी डिल्लीराम पोखरेलका अनुसार उच्च पदस्थ महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा उनलाई बर्खास्त गरेको हो ।
राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावली, २०६८ ९तेस्रो संशोधन, २०७४ को विनियम १४५ को खण्ड ९ख० को ९१० बमोजिम भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको हो ।
पुस २७ गते राष्ट्र बैंकले नगरकोटमा आयोजना गरेको तनाव व्यवस्थापन सम्बन्धी दुईदिने कार्यक्रममा आचार्यले बैंकका महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको बताइएको छ ।
उनले दुव्यवहार गरेको आरोपपछि गठन भएको छानविन समितिले दिएको प्रतिवेदनका आधारमा आचार्यलाई स्पष्टिकरण सोधेको र त्यसको जवाफ चित्त बुझ्दो नभएपछि बर्खास्त गरिएको बताएको छ ।
FACEBOOK COMMENTS