काठमाडौं । नेपालको पुँजीबजारमा युवायुवतीको सहभागिता बढाउन सीबीआईएल सेक्युरिटिज लिमिटेडले सकारात्मक पहल थालेको छ ।
सिटिजन्स बैंक इन्टरनेशनलको पूर्ण स्वामित्वमा सञ्चालित सीबीआईएल सेक्युरिटिजले हालै युवालक्षित वित्तीय साक्षरता कार्यक्रमअन्तर्गत दुई दिने पुँजीबजारसम्बन्धी तालिम प्रदान गरेको छ । विश्व वित्तीय सप्ताह २०२४ (ग्लोबल मनी वीक, २०२४) को अवसरमा कम्पनीले सो कार्यक्रम आयोजना गरेको हो ।
पुँजीबजारमा युवाहरूको सहभागिता बढाउने उद्देश्यका साथ कम्पनीले पुतलीसडकस्थित हिमालयन ह्वाइट हाउस कलेजमा बीबीए पहिलो वर्ष र तेस्रो वर्षमा अध्यनरत विद्यार्थीहरूलाई चैत्र ६ र ७ गते सो पुँजीबजारको आधारभूत ज्ञानसम्बन्धी तालिम प्रदान गरेको हो ।
नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र दलाल (ब्रोकर नं. ९१) सीबीआईएल सेक्युरिटिज लिमिटेडले आफ्नो मुख्य कार्यालय ललितपुर–१०, कुपण्डोलबाट आफ्ना ग्राहकहरूलाई धितोपत्र कारोवार सेवा दिदै आइरहेको छ । साथै, कम्पनीले आफ्नो मुख्य कम्पनी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सम्पूर्ण शाखाहरूमार्फत ब्रोकर खाता खोल्न सकिने सेवा समेत प्रदान गर्दै आइरहेको जनाएको छ ।
FACEBOOK COMMENTS