काठमाडौं,फागुन २७ – पछिल्ला दुई दिन एउटै मूल्यमा कारोबार भएको सुनको मूल्य आज भने बढेको छ। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेको छ ।
प्रतितोला ८२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलामा २ सय रुपैयाँ बढेर ८२ हजार ७ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो मूल्य अहिलेसम्मकै उच्च हो। मूल्य बढेपछि कारोबार भने घटेको व्यवसायीले बताएका छन्। बिहेको सिजनका बाबजुद पनि किन्नेभन्दा बेच्ने ग्राहक बढी भएको व्यवसायीको भनाइ छ ।
त्यस्तै मंगलबार तजावी सुनको मूल्य पनि प्रतितोला २०० रुपैयाँले बढेर प्रतितोला ८२ हजार ४०० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।
मंगलवार चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घट्यो । आज चाँदीको मूल्य प्रतितोला ८ सय ८० रुपैयाँ कायम भएको छ ।
FACEBOOK COMMENTS