काठमाडौं, फागुन २७ – बैंकिङ कसुर सम्बन्धि मुद्दामा फरार रहेका ठेकेदार मनोज भेटवाललाई प्रहरीले पक्राउ गरेको छ । जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक समेत रहेका भेटवाललाई ७५ लाख १० हजार रकमको चेक बाउन्सको मुद्दामा प्रहरीले पक्राउ गरेको हो ।
उनले मंगलबार महानगरीय प्रहरी परिसर टेकू पुगेर आत्मसमर्पण गरेका हुन् । प्रहरीले पक्राउ गर्ने भएपछि उनी भारतमा लुक्दै आएका थिए । दिल्लीबाट आएसँगै महानगरीय प्रहरी परिसर, काठमाडौं पुगेर आत्मसमर्पण गरेका भेटवाललाई ७५ लाख १० हजार रुपियाँ बराबरको बैंकिङ ठगी कसुरमा पाटन उच्च अदालतले पक्राउ गर्न प्रहरीलाई आदेश दिएको थियो।
भेटवाल पूरानो बसपार्कमा निर्माण गर्न लागिएको भ्यू टावरका मुख्य ठेकेदार हुन् ।
FACEBOOK COMMENTS