म्याच फिक्सिङ प्रकरणः पाँच खेलाडीलाई सफाइ
कर्पोरट खबर
6:59 am, मंगलबार, चैत १३, २०८०
काठमाडौं । जिल्ला अदालत काठमाडौँले म्याच फिक्सिङ (खेल मिलोमतो) को आरोप लागेका अलराउन्डर आदिल अन्सारी र क्रिकेट राष्ट्रिय टिमका पूर्वखेलाडी महबुब आलमसहित पाँच जनालाई सफाइ दिने आदेश गरेको छ ।
न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले पाँच जनामाथि म्याच फिक्सिङको अभियोगमा नेपाल सरकारको दाबी नपुग्ने उल्लेख गर्दै सफाइ दिने आदेश गरेको हो ।
जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीका अनुसार पाँच खेलाडीलाई लगाएको अभियोगमा नेपाल सरकारको दाबी नपुगेपछि अदालतले सफाइ दिएको हो ।
गत वर्ष काठमाडौँमा भएको नेपाल टी–२० लिगमा म्याच फिक्सिङ गरेको आरोपमा पक्राउ परेका खेलाडी गतवर्ष नै तीन लाख धरौटीमा छुटेका थिए ।
FACEBOOK COMMENTS