काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि कारागारमा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई अस्पताल भर्ना गरिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता रहेको आरोपमा अनुसन्धानमा रहेका पूर्वउपप्रधानमन्त्री रायमाझीलाई बुधवार बिहान उपचारका लागि सुन्धरा कारागार देखि महाराजगन्ज स्थित टिचिङ अस्पतालमामा लगिएको हो । अहिले उनको उपचार टिचिङ अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भइरहेको छ ।
बुधवार बिहान देखि इमरजेन्सी शाखामा राखेर उपचार गरिएकोमा अहिले उनलाई अपचारको थप आवश्यक परेपछि उक्त शाखाको ४७८ बेडमा भर्ना गरिएको छ ।
विगत छ महिना देखि सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचार गराइरहेका रायमाझी तीन महिना यता नियमित फलोअपमा थिए ।
FACEBOOK COMMENTS