काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक बिक्रेता भि.जि. अटोमोबमाईल्स प्रा.लि.ले ‘नयाँ वर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना ल्याएको छ । कम्पनीले ग्राहक बर्गहरुलाई मध्यनजर गर्दै उत्कृष्ट मोटरसाईकल तथा स्कुटरको खरिदमा नयाँ बर्ष अपर ‘नयाँ वर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना ल्याएको हो ।
यस बर्ष सुजुकीले ल्याएको ‘नयाँ वर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना अन्र्तगत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार नगद छुट साथै थप स्क्रयाच कार्ड मार्फत १ लाखसम्म क्यास पाउने छ । साथै, कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटर सँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा बजार प्रचलित मुल्याङ्कन भन्दा थप मोटरसाइकलमा १५ हजार र स्कुटरमा २० हजार प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।
यस्तै, फाइनान्समा ० प्रतिशत ब्याजदर मध्ये जुन ठिक लाग्छ त्यो ग्राहकवर्गहरुले छनोट गर्न सक्ने कम्पनीले जनाएको छ । सुजुकीका कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा कम्पनीले ५ वर्षको इन्जिन वारेण्टीका साथै २० वटा सर्भिस कुपनको सुविधा पनि थप उपलब्ध हुने जनाएको छ ।
यो योजना चैत १४ देखि जेष्ठ १८ सम्म लागु हुने कम्पनीले बताएको छ ।
FACEBOOK COMMENTS