हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष चन्द्र ढकालले अर्थतन्त्र उकास्न निर्माण उद्योगको भूमिका ‘विशेष’ रहेको बताएका छन् ।
आज शुक्रबार हेटौँडामा नेपाल निर्माण व्यवसायी महासंघको २५औं साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले निराशाको खेती गरेर मात्र देश समृद्ध नहुने भन्दै सरकारले निजी क्षेत्रसँग सहकार्य जरुरी भएको बताएका हुन् ।
अर्थतन्त्रको पछिल्लो अवस्था सुधार गर्न पनि सरकारले जतिसक्दो चाँडो निजी क्षेत्रसँग सहकार्य गरेर योजना बनाउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले आर्थिक उन्नतिमा निर्माण उद्योगको भूमिकाबारे प्रकाश पारेका थिए ।
संसदको पर्यटन समिति र महासंघबीच छलफल, नेपाललाई पर्यटकीय गन्तव्य बनाउन नीतिगत सुधार गरिने
FACEBOOK COMMENTS