अन्जनराज न्यौपाने
तनहुँ, २९ फाल्गुण – ४० करोडको लागतमा औंषधी उद्योग स्थापना हुने भएको छ। तनहुँको व्यास नगरपालिका १० सेवरमा पोखरा फर्मास्वीटिकल्स प्रालिले सो औषधि उद्योग स्थापना गर्ने लागेको हो । ‘उद्योगबाट ३० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य राखेका छौँ,निर्धारित समयमा नै उद्योग भवन निर्माण सम्पन्न गरिनेछ’ कंपनीका अध्यक्ष कालीदास पौडेलले बताए ।
उक्त भवनको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले शिलान्यास गर्दै सबैको सहयोग र सदासयताबाटै उद्योगमैत्री वातावरण सिर्जना गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए ।
‘पछिल्लो समय नगरपालिका भित्र विभिन्न उत्पादनमूलक उद्योगहरुको दर्ता हुने क्रम बढ्दै गएकाले उद्योग सञ्चालन गर्न चाहने उद्योगी व्यवसायीलाई नगरपालिकाको कार्यालय दमौलीले सहयोग गर्दै जानेछ’ उनले भने । उद्योगमैत्री वातावरण सिर्जना गर्न नगरपालिका प्रतिबद्ध रहेको पनि नगर प्रमुख न्यौपानेले बताए। उक्त भवन दुई वर्षभित्रमा निर्माण सम्पन्न हुने अध्यक्ष पौडेलले जानकारी दिए। कुल ४८ रोपनी क्षेत्रफलमा फैलिएको उद्योगले सोही भवनबाट पूर्णरुपमा औषधि उत्पादन गर्ने लक्ष्य राखेको छ ।
पछिल्लो समय व्यास नगरपालिकाभित्र विभिन्न उत्पादनमूलक उद्योगहरुको दर्ता हुने क्रम बढ्दै गएकाले नगरपालिकाभित्र उद्योग सञ्चालन गर्न चाहने उद्योगी व्यवसायीलाई नगरपालिकाले सहयोग गर्दै आएको छ।
FACEBOOK COMMENTS