काठमाडौं । नेपालमा पहेँलो धातु सुनको मूल्य बढेर एक लाख ३५ हजार ६०० रुपैयाँ कामय भएको छ ।
आज आइतबार भएको ऐतिहासिक वृद्धिसँगै सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँ पुगेको हो ।
आज छापावाला सुन तोलामा दुई हजार ९०० रुपैयाँले बढेको छ । यसअघि शुक्रबार प्रतितोला एक लाख ३२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुन तोलामा दुई हजार ९०० रुपैयाँले नै बढेर प्रतितोला एक लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ ।
FACEBOOK COMMENTS