काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले आज बार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सभामा कम्पनीको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषय पेश गर्नेछ ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव रहेको छ ।
सभाले संस्थापकबाट ४ र सर्वसाधारणबाट २ जना सञ्चालक निर्वाचित गर्नेछ । कम्पनीले चैत १३ गते बुक क्लोज गरिसकेको छ । चैत १२ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
सभा अमृतभोग पार्टी प्यालेस कालिकास्थानमा बिहान ११ बजे सुरु हुनेछ ।
FACEBOOK COMMENTS