काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले आज बार्षिक साधारण सभा गर्ने भएको छ ।
बैंकले आर्थिक वर्ष २०७८–७९ र २०७९–८० को वार्षिक सभामा सेयरधनीलाई ३.८५ बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश दिने प्रस्ताव रहेको छ ।
सभामा दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायत वित्तीय अनुसूचीमा छलफल गर्ने प्रस्ताव रहेको छ ।
सभाबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न सर्वसाधारण समूहबाट २ जना सञ्चालकको नियुक्ति अनुमोदन गर्ने र संस्थापक समूहबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव रहेको छ ।
सभाबाट बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव रहेको छ । साधारण सभा प्रयोजनका लागि बैंकले चैत ९ गते बुक क्लोज गरिसकेको छ ।
चैत ८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् । सभा मेजेस्टिक लेक फ्रन्ट एन्ड सुइट पोखरा, कास्कीमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
FACEBOOK COMMENTS