काठमाडौं । परराष्ट्रमन्त्री नारायण काजि श्रेष्ठले रेमिट्यान्स, भन्सार राजश्व र विदेशी सहयोगले देश चलाउछु भन्ने सोचले देश अघि बढ्न नसक्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको ७३औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री श्रेष्ठले नेपाली जनताको आवश्यकता अनुसार आर्थिक आयामले फड्को मार्न नसकेको बताएका हुन् ।
वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भने, ‘मुलुक रेमिट्यान्स, भन्सार राजश्व र विदेशी सहयोगले देश चलाउछु भन्ने सोचले देश अघि बढ्न सक्दैन् । त्यसैले हामीले अब कसिला नीति नियम र कानुन समेत परिमार्जन गर्नुपर्छ ।’
‘आर्थिक गतिविधिमा नयाँ फड्को मार्न सकेका छैनन् । सरकारले निजि क्षेत्रलाई प्रोत्साहन गरि अर्थतन्त्र चलायमान बनाउने नीति लिएर आएको छ।’ उनले भने, ‘निजि क्षेत्रले अर्थतन्त्रमा ठूलो भुमिका खेलेको छ । पुँजिगत कार्यन्वयन र व्यापार घाटा कम गर्न तिर ध्यान दिनुपर्ने छ ।’
अबको बजेट अर्थतन्त्रमा नयाँ फड्को दिन सक्ने आउनु पर्ने बताएका छन् । उनले भने, ‘मुलुक अघि बढाउनको लागि पुजि निर्माण गर्नु नै हो । सरकार निजि क्षेत्र मिलेर हातेमालो गर्नु पर्छ । सरकार देशको मुख्य आवश्यकतामा इमान्दार छ । अर्थतन्त्र चलायमान बनाउन सरकार अब केहि समय पछि निजि क्षेत्रलाई छलफलमा आव्हान गर्नेछ ।’
FACEBOOK COMMENTS