काठमाडौं । थ्रीस्टार हाइड्रोपावर कम्पनीको वैशाख २३ गते वार्षिक साधारण सभा बोलाएको छ ।
यो पटक कम्पनीले सेयरधनीको हात खाली बनाएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनको तयारी गरेको छ ।
सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्नेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।
सभा प्रयोजननका लागि वैशाख ७ गते बुक क्लोज गरेको छ । ६ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउने छन् ।
FACEBOOK COMMENTS