काठमाडौं । देशका विभिन्न स्थानमा केबुककार निर्माण गरिरहेको प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडल पनि आईपीओ ल्याउने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले प्रिमियम मूल्यमा ३० लाख कित्ता आईपीओ निष्कासन गर्ने छ ।
कम्पनीले सिन्धुलीमा सिद्धबाबा केवलकार, लुम्बिनीमा सिद्धार्थ केवलकार र रामेछापमा खाँडादेखि केवलकार निर्माण गरिरहेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि विक्री प्रबन्धक आवश्यक भएकाले योग्य बिक्री प्रबन्धक कम्पनीहरूमा शिलबन्दी बोलपत्र माग गरेको छ । वैशाख ४ गते जारी गरिएको सूचना अनुसार ४५ दिनभित्र इच्छुक क्यापिटलले शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आर्थिक वर्ष २०७९–८० को कर चुक्ता भएको कम्पनी हुनुपर्ने, आईपीओको प्रत्याभूतिकर्ता जुटाउन सहजिकरण गरिदिने प्रतिबद्धता र सो कार्य गरे वापत् लिने आवश्यक सेवाशुल्क निर्धारण गरी बोलपत्र पेश गर्नुपर्ने सूचनामा उल्लेख छ । यस कम्पनीको कर्मचारीहरूले प्रचलित कानून बमोजिम लिन पाउने सेयरको लागि आवश्यक वित्त व्यवस्थापन समेत बिक्री प्रबन्धकले गर्नुपर्ने शर्त कम्पनीको छ ।
FACEBOOK COMMENTS