विराटनगर । राम नवमीको अवसरमा एउटा समूहले निकालेको र्यालीलाई विराटनगर १५ मा अर्को समूहले अवरोध गरेपछि विराटनगरको रानी क्षेत्र तनावग्रस्त भएको छ ।
बुधबार दिउँसो अवरोधपछि सुरू भएको विवाद बढेपछि रानी क्षेत्र तनावग्रस्त भएको हो ।
स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेको छ । केही राउण्ड हवाई फायर र केही सेल अश्रुग्यास पनि प्रहार गरेको प्रहरीले बताएको छ । अहिले रानी क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति छ ।
FACEBOOK COMMENTS