काठमाडौं । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदका लागि दीर्घ सोडारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको सचिवालय बैठकले पार्टीको सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीका लागि उम्मेदवारका रुपमा अगाडि सार्ने निर्णय गरेको हो ।
मुख्यमन्त्रीबाट उक्त प्रदेशमा सरकार निर्माणका लागि आह्वान गरिएको छ । नयाँ गठबन्धन निर्माणका क्रममा कुनै एक प्रदेशको मुख्यमन्त्री पद एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा आसन्न १०औं राष्ट्रिय महाधिवेशनको तयारीलगायतको विषयमा छलफल गरिएको पार्टीका उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
FACEBOOK COMMENTS