काठमाडौं । डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनित भएकी छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा डा. शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेका हुन् ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको राष्ट्रियसभा सदस्य पदमा शाक्यलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
उनी सत्तारूढ दल नेकपा एमाले विदेश विभाग सचिव हुन् । यसैगरी, राष्ट्रपति पौडेलले तोया रायालाई महालेखा परीक्षकमा नियुक्त गरेका छन् ।
FACEBOOK COMMENTS