काठमाण्डौं- अर्थमन्त्री युवराज खतिवडाले सरकारले कर बढाउनमा वल्र्डकप जितेको आरोप आधारहीन रहेको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत विनियोजित बजेटको शीर्षकमा उठेका प्रश्नको जवाफ दिदै अर्थमन्त्री खतिवडाले केही सामान्य विषयमा मात्र कर बढेकोले मूल्य बृद्धि हुने सम्भावना नरहेको दाबी गरेका हुन ।
अर्थमन्त्री खतिवडासँग सांसदहरुले सरकारले कर बढाउनमा वल्र्डकप जितेको आरोप लगाएका थिए ।
अर्थमन्त्री खतिवडाले कम उपयोग गरेर हुन सक्ने बस्तुको करको दायरा बढाएको बताउँदै दुरुसञ्चार सेवा प्रदान गर्ने संस्थाको इन्टर सेवा प्रदायकलाई करको दायरामा ल्याइएको जानकारी दिए ।
सीमित पैसाले धेरै ठूलो पुल बनाउन नसकिने बताउँदै अर्थमन्त्रीले निर्माणधीन पुल सरकारले बनाइ छाड्ने दाबी गरे ।
राजश्व संकलन गर्ने कर्मचारीहरुको भत्ता बारे उठेको प्रश्नमा अर्थमन्त्री खतिवडाले प्रोत्साहन भत्ता बन्द गरेको जानकारी गराए ।
उनले बजेटले जेष्ठ नागरिक, बालबालिका, कृषक, मजदुरका लागि बिशेष ब्यबस्था गरेको स्पष्ट पारेका छन् ।
FACEBOOK COMMENTS