काठमाडौं । प्रभु बैंकको सञ्चालक समितिमा रहेका स्वतन्त्रसहित तीन सञ्चालकले पदबाट राजीनामा दिएका छन् ।
संस्थापक सेयरधनीको समूहबाट प्रतिनिधित्व गर्ने रमेश सिंह खड्का, शंकर प्रसाद कालिकोटा र स्वतन्त्र सञ्चालक प्राडा गीता प्रधानले पदबाट राजीनामा दिएका हुन् ।
उनीहरुको राजीनामा यही ७ गते बसेको सञ्चालक समिति बैठकले स्वीकृत गरेको प्रभु बैंकले जनाएको छ ।
सोही बैठकले रिक्त २ पदमा अंगिर मान सिंह र तारा मानन्धरलाई नियुक्त गरेको बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS