काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतबार शेयर बजारमा दोहोरो अङ्कको वृद्धि आएको छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार आज १२ दशमलव २९ अङ्कले बढेर नेप्से परिसूचक एक हजार ९८४ दशमलव ४३ विन्दुमा रोकिएको छ ।
यस दिन ३१० धितोपत्रको ६३ लाख ९३ हजार २४५ कित्ता शेयर ४७ हजार ११७ पटक खरिदबिक्री हुँदा दुई अर्ब २५ करोड ९९ लाख ५९ हजार ४५६ रुपैयाँ ८९ पैसा बराबरको शेयर कारोबार भएको छ ।
आज नेप्से इन्डेक्सका साथै सेन्सेटिभ र फ्लोट इन्डेक्समा वृद्धि आएको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्समा ०.०२% ले गिरावट आएको छ । यस्तै, १३ वटा उपसूचकहरूमध्ये बैंकिङ र म्युचुअल फण्डबाहेक अरु सबै सूचकहरूमा हरियाली छाएको छ ।
अघिल्लो कारोबार दिन बिहीबार १९ दशमलव ५६ अङ्कले घटेर नेप्से परिसूचक एक हजार ९७२ दशमलव १४ विन्दुमा रोकिएको थियो भने ३१५ धितोपत्रको ५३ लाख ४४ हजार ६१३ कित्ता शेयर ४० हजार ९१२ पटक खरिदबिक्री हुँदा दुई अर्ब ९ करोड ३६ लाख १२ हजार ७९२ रुपैयाँ ७८ पैसा बराबरको शेयर कारोबार भएको थियो । (अद्यावधिक गरिएको)
FACEBOOK COMMENTS