काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ रजिष्ट्रार कार्यालय रहेको क्लासिक भ्यू रिसोर्टले साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ ।
कम्पनीले आफ्नो चुक्ता पुँजीको १४ प्रतिशतले हुन आउने १०० रूपैयाँ अङ्कित मूल्यमा १० लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।
आईपीओ जारी गर्नका लागि कम्पनीले एनआईसी एशिया क्यापिटलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । ‘आइडिया टू आईपीओ’ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरूलाई कम्पनीको स्थापनादेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिएको क्लासिक भ्यूका अध्यक्ष ी मुकुन्द राज कुँवरले जानकारी दिए ।
क्लासिक भ्यू रिसोर्ट १९ रोपनी क्षेत्रफलमा निर्माणाधीन अवस्थामा रहेको छ । हालसम्म उक्त रिसोर्टको ६५ प्रतिशत भन्दा बढी कार्य सम्पन्न भइसकेको अध्यक्ष कुँवरले जानकारी दिएका छन् ।
एनआईसी एशिया क्यापिटलले पाल्पामा गर्याे पूँजी बजार साक्षरतासम्बन्धी कार्यक्रम
FACEBOOK COMMENTS