काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू(भागमा मुख्यतया सफा रहेको छ । आज दिउँसो गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रहि कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहि बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ ।
गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरुमा तथा कोशी र बागमती प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
मधेस प्रदेशको तराई भू(भागका केहि स्थानहरुमा साथै कोशी र लुम्बिनी प्रदेशको तराई भू(भागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मधेस र कोशी प्रदेशको थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।
FACEBOOK COMMENTS