काठमाडौं । सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्टले आफ्ना शेयरधनीका लागि लाभांश पारित गरेको छ ।
भैरहवास्थित होटेल सिद्धार्थ भिलासामा बुधबार सम्पन्न संस्थाको पाँचौं वार्षिक साधारण सभाले आफ्नो चुक्ता पुँजीको १५% (करसहित) नगद लाभांश प्रस्ताव पारित गरेको हो । वार्षिक साधारण सभाले पारित गरेको लाभांश दोस्रो बजारमा सूचीकृत भएपश्चात कम्पनीले बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिने बताएको छ ।
सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७१÷०८० को नाफा नोक्सान हिसाब सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण, आर्थिक वर्ष २०८०÷०८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गरेको छ ।
यसैगरी, साधारण सभामार्फत संस्थापक शेयरधनी समूहबाट पाँच जना सञ्चालकहरु विष्णु प्रसाद न्यौपाने, बिमल कुमार सावरथिया, टीकाराम न्यौपाने, तेन्जिङ लाग्देन तामाङ, उत्सव न्यौपाने तथा सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकमा शिव सिंह कार्की निर्विरोध निर्वाचित भएका छन् । यस्तै, स्वतन्त्र सञ्चालकमा नेहा अग्रवाललाई मनोनीत गरिएको छ ।
FACEBOOK COMMENTS