काठमाडौं । ज्योति विकास बैंकले मटिहानी नगरपालिका कार्यालय तथा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा १२० घरधुरीलाई डसना ओछ्यान र झुल प्रदान गरेको छ ।
महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ जरलहवा गाछी बस्तीका अग्निपीडित १२० घरधुरीलाई बैंकले डसना ओछ्यान र झुल प्रदान गरेको हो ।
ज्योति विकास बैंकले देशैभरि रहेका मातहतका कार्यालयहरू मार्फत सरल वित्तीय सेवाका साथै संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत यस्तो सहयोग गर्दै आएको छ ।
संस्थागत ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिवद्ध रहेको बताएको छ ।
ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा ब्त्ः मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
FACEBOOK COMMENTS