काठमाडौं । गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि (नेपालको लागि टोयोटा गाडीको आधिकारिक वितरक) बीच टोयोटा गाडी खरिद गर्ने ग्राहकहरुलाई आधार दरमा नै सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौता–पत्रमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र युनाइटेड ट्रेडर्स सिन्डिकेटको तर्फबाट वरिष्ठ निर्देशक कैलाश बि। राजभण्डारीले हस्ताक्षर गरेका हुन् ।
सम्झौता पत्रमा युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिबाट ग्राहकहरुले नयाँ टोयोटा गाडी खरिद गर्दा गरिमा विकास बैंकबाट आधार दरमा नै अधिकतमा १२ बर्षसम्मको अवधिका लागि सवारी कर्जा लिन सक्नेछन ।
ग्राहकहरूले व्यक्तिगत तथा व्यवसायिक दुवै प्रयोजनको लागि टोयोटा ब्राण्डको सवारी साधन खरिद गर्दा यो कर्जा सुविधा प्राप्त गर्नेछन । सम्झौता पश्चात युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले गरिमा विकास बैंक लिमिटेडलाई बैंकिङ्ग पार्टनरको रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेको छ ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरुलार्ई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।
FACEBOOK COMMENTS