काठमाडौं । साताको अन्तिम दिन आज शेयर बजारमा पाँच वटा लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
दुई घण्टाको अवधि अर्थात् दिउँसो १ बजेसम्ममा नेप्से सूचक ७ दशमलव ६१ प्रतिशतले बढेको छ भने पाँच वटा लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यका सकारात्मक सर्किट लागेको छ ।
नेप्सेका अनुसार जनउत्थान सामुदायिक लघुवित्त, समता घरेलु लघुवित्त, इन्फिनिटी लघुवित्त, साधना लघुवित्त र विजया लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि हुँदै सकारात्मक सर्किट लागेको हो ।
उल्लेखित कम्पनीमध्ये विजया लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भए पनि यो समाचार तयार पार्दासम्म पुनः घटेर ९ दशमलव ७१ प्रतिशतमा झरेको छ । तर, अरु चार वटा कम्पनीको शेयर मूल्य भने १० प्रतिशतले बढेको छ ।
आज प्रि ओपन सेसनमा पनि नेप्से सूचक १९ दशमलव ५० अङ्कले बढेको थियो ।
FACEBOOK COMMENTS