झापा । १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाको बुद्धशान्ति गाउँपालिका–२ जयपुर बस्ने २३ वर्षीय आयन भन्ने हर्क बहादुर धमला छन् । उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।
धमलाले ती किशोरीलाई वैशाख १ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS