काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले आज वार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगदसहित ३५ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गरेको छ ।
सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबमा छलफल गर्ने, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव रहेको छ ।
सभा प्रयोजनका लागि कम्पनीले वैशाख ७ गते बुक क्लोज गरिएको हो । वैशाख ६ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् । सभा होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान १० बजे सुरु हुनेछ ।
FACEBOOK COMMENTS