रामेछाप । सरकारी जागिर छाडेर उद्योग सञ्चालन गरेका रामेछापका व्यवसायी व्यवसाय खस्केपछि चिन्तित बनेका छन् । नेपाली सेना, शिक्षक, सव–ओभरसीयरको जागिर छाडेर स्वदेशमै केही गरौँ भन्ने भावनाका साथ व्यवसाय थालेका उनीहरु पछिल्लो समय व्यवसाय सञ्चालन गर्न असमर्थ छन् ।
रामेछाप नगरपलिका–८ बिटारमा स्थानीय रुद्र श्रेष्ठ, भरतकुमार श्रेष्ठ र विश्वास श्रेष्ठले मिलेर कुखुरापालन सुरु गरेका थिए । तीनैजनाले संयुक्त रुपमा रु सात करोड ५० लाखको लगानीमा ‘नेशलन ब्लिडिङ प्रालि’ सञ्चालन गरेका थिए । बजारमा प्रतिस्पर्धा गर्न नसेपछि उनीहरु चिन्तामा छन् ।
‘उत्पादन भएका कुखुराका चल्ला बिक्री हुन छाडे’, उद्योग सञ्चालक भरतकुमार श्रेष्ठले भने । एक दशक अघि व्यवसाय सुरु गर्दा चल्लाले राम्रै बजार पाएको उनले बताए । त्यसपछि उत्साहित हुँदै लगानी थपेर पनि कोरोना माहामारीपछि व्यवसाय खस्कदै गएको श्रेष्ठ बताउछन् ।
‘अहिले भारतबाट कर छली गरी ल्याइएका सस्तो मूल्यका चल्ला बिक्री भइरहेका छन्, यसले स्थानीय उत्पादन विक्री वितरण धारासायमा परेको छ’, उनले भने ।
व्यवसाय गर्न सरकारी निकायबाट कुनै पनि सहयोग प्राप्त नभएको ब्याज बंैक तथा सहकारी संस्थालाई तिर्नुपर्दा हैरानी भएको अर्का सञ्चालक रुद्र श्रेष्ठले बताए । चल्ला व्यवसायी सङ्घले प्रतिचल्लाको मूल्य रु ८५ कायम गरे पनि रु ६५ सम्ममा समेत बेच्नु परेको उनको भनाइ छ ।
चल्ला उत्पादन गर्न कम्तिमा २१ दिन लाग्छ । सबै खर्च कटाउँदा एउटा चल्ला उत्पादन गर्न रु ५० देखि रु ५५ सम्मा खर्च हुने गरेको श्रेष्ठले बताए । सरकारी निकायले सहयोग नगरेकाले आफुहरु यो व्यवसाय छाड्न बाध्य हुने अवस्था आएको उनको भनाइ छ ।
मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले युवा उद्यमीलाई आफुले बैकहरुसँग समन्वय गरेर बिना धितो ऋण दिलाएको बताए । एक सय ७० युवा उद्यमीलाई तालिमसमेत दिएको तर त्यसको सदुपयोग खासै नभएको उनको भनाइ छ । उद्योगी र स्थानीय सरकारको साझेदारीमा अझै लगानी गर्न सकिने नगर प्रमुख श्रेष्ठ बताउछन् ।
FACEBOOK COMMENTS