काठमाडौं । नेपालीका लागि वैदेशिक रोजगारी रहर नभइ बाध्यता हो, त्यही बाध्यताको फाइदा उठाएर वैदेशिक रोजगार क्षेत्रका विचौलियाहरूले ठगी, बलात्कार र बेचबिखन समेत गर्ने गरेका छन् ।
पछिल्लो समय एक महिलालाई वैदेशिक रोजगारीका लागि कुवेत पठाइदिन्छु भन्दै भारतमा पुर्याएर वेश्यावृत्तिमा लगाएको घटना सार्वजनिक भएको छ ।
वैदेशिक रोजगारीमा कुवेत पठाइदिन्छु भन्दै महिलालाई भारतको नयाँदिल्ली पुर्याई वेश्यावृतिमा लगाएको अभियोगमा दाङ बबई गाउँपालिका–५ घर भएका ४५ वर्षीय पूर्णबहादुर भण्डारीलाई बुधबार सोही गाउँबाट प्रहरीले पक्राउ समेत गरेको छ ।
पीडित महिला नयाँदिल्लीबाट २०८० असार १३ गते भाग्न सफल भई नेपाल फर्की मानब बेचबिखन अनुसन्धान व्युरोमा जाहेरी दिएपश्चात इलाका प्रहरी कार्यालय तुलसीपुर समेतको समन्वयमा उनलाई पक्राउ गरिएको हो ।
पीडित महिलालाई कुवेत जान लाग्ने सम्पूर्ण खर्च आफै लगानी गरिदिने प्रलोभन देखाई भारतबाट विदेश जाने प्रक्रिया छिटो हुने भनी विश्वासमा पारी भारतको नयाँदिल्ली पुर्याइ एयरपोर्ट नजिकैको फल्याटमा बन्धक बनाई वेश्यावृतिमा लगाएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
खाजाघरलाई वेश्यालय बनाउने बडु र घिसिङ पक्राउ, लाग्यो मानव बेचबिखनको मुद्दा
FACEBOOK COMMENTS