मोरङ । मोरङ उद्योग व्यापार संघ (साविकः मोरङ व्यापार संघ)को अध्यक्षमा अनुपम राठी चयन भएका छन् ।
हिजो सोमबार सम्पन्न संघको ३४औँ कार्यसमिति सदस्यहरूको निर्वाचनबाट निर्वाचित सदस्यहरूको पहिलो बैठकले अध्यक्षमा राठीसहितका पदाधिकारी चयन गरेको हो ।
बैठकले संघको वरिष्ठ उपाध्यक्षमा अनिल कुमार साह, वाणिज्य उपाध्यक्षमा अनिल सारडा, उद्योग उपाध्यक्षमा बिकास कुमार बेगवानी, महासचिवमा सञ्जय कुमार श्रेष्ठ, सचिवमा अमित कुमार शारडा, कोषाध्यक्षमा राजेश कुमार अग्रवाल तथा प्रवक्ताका रूपमा दिपेश सुवेदीलाई चयन गरेको छ ।
साथै, बैठकमा संघको नियमबमोजिम सम्वद्ध क्षेत्र (वस्तुगत) तर्फबाट गोपाल अग्रवाल र ओम प्रकाश शर्मा, संघका शाखाहरू तर्फबाट कृष्ण प्रसाद रिजाल र नवनिर्वाचित अध्यक्षबाट बन्दना जैन र धिरज मोहतालाई मनोनयन गरी २१ सदस्यीय कार्यसमिति गठन गरिएको छ । संघको नियम बमोजिम निवर्तमान अध्यक्ष नवीन रिजाल सो समितिको पदेन सल्लाहकार रहने छन् ।
त्यसका अतिरिक्त, ३४औँ कार्यसमितिले बिनोद बोहरा, डा. दिपेन्द्र नौलखा, पंकज गोयल र सञ्जिव श्रेष्ठलाई आमन्त्रित सदस्यको रूपमा मनोनयन गर्नाका साथै संघको युवा उद्यम समितिको संयोजकमा अमित अग्रवाल र महिला उद्यम समितिको संयोजकमा श्रुती शर्मालाई मनोनयन गरिएको छ ।
अध्यक्षमा अनुपम राठी निर्वाचित भएसँगै मोरङ उद्योग व्यापार संघ एके राठी समूहकै नेतृत्वमा रहने भएको छ । सो समूहले विगत तीन पुस्तादेखि मोरङ उद्योग व्यापार संघलाई नेतृत्व गर्दै आइरहेको छ ।
यस्तो छ पदाधिकारी र सदस्यहरूको सूची–
FACEBOOK COMMENTS