काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा चन्द्रागिरी हिल्सको नाफा३८.८१ प्रतिशतले बढेर १० करोड ७९ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ७ करोड ७७ लाख रुपैयाँ नाफा रहेको थियो ।
कम्पनीको सञ्चालन आम्दानी गत आवको सोही अवधिमा ६२ करोड ९० लाख रुपैयाँ रहेको थियो । अहिले बढेर ६९ करोड ७३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको अन्य आम्दानी ४४ लाख रुपैयाँबाट बढेर ८६ लाख पुगेको छ । जसले गर्दा कम्पनीको नाफा बढेको छ ।
कम्पनीको वित्तीय खर्च १८ करोड २९ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा २० करोड ६६ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ रहेको छ भने जगेडा कोष १२ करोड २२ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ ०३ पैसा छ ।
FACEBOOK COMMENTS