काठमाडौं,चैत ८- सौन्दर्य कला ब्यवासायी संघले देशै भरीका ब्यूटी पार्लर तथा सैलुनहरु बन्द गर्न आवहान गरेको छ ।
व्यवसायमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिएका कुल ५ लाख भन्दा बढि सौन्दर्य ब्यवसायी र सौन्दर्यशास्त्रीहरु समेत उच्च जोखिममा रहेको अवस्थाबोध गर्दै संघले यो आवहान गरेको संघकी अध्यक्ष कमला श्रेष्ठले वताईन् ।
विज्ञप्ती
सौन्दर्य कला व्यवसायी संघ सौन्दर्य ब्यवसाय संचालन गरेर बसेका देशका ७७ वटै जिल्ला स्थित तमाम महिला तथा पुरुष ब्यवसायीहरुको साझा संगठन हो । संघले सौन्दर्य ब्यवसायीको हक हितका निम्ती काम गर्दै आएको छ । सौन्दर्य क्षेत्रमा लगानी गर्दै आएका तमाम महिला तथा उद्यमीलाई एकजुट बनाएर नेपालमा महिला उद्यमशिलताको विकासको लागि संघ कृयाशिल र कटिबद्ध छ । साथै यस क्षेत्रको विकासका लागि पनि संघको काधमा उत्तिकै जिम्मेवारीहरु छन् । संघको वर्षौ देखिको पहलले आज महिला उद्यमीहरुको सकृयतामा २ लाख भन्दा माथिको संख्यामा ब्युटि पार्लर र १८ हजार भन्दा बढिको संख्यामा युनिसेक्स (स्त्री पुरुष दुबैको कपाल काट्ने) पार्लरहरु सञ्चालनमा छन् । सौन्दर्य कला ब्यवसायीले नेपाल सरकारबाट सधै उच्च साथ सहयोग प्राप्त गर्दै आएको संघको ठम्याई छ । यसै सन्दर्भमा सरकारले कोरोना भाईरस कोभिड–१९ को सतर्कता ब्यवस्थापनका लागि तत् सम्बन्धमा १५ बूँदे निर्णय गरेको छ ।सो निर्णय देश, काल, परिस्थिती अनुसार स्वागतयोग्य रहेको संघको आधिकारिक धारणा छ । यस व्यवसायमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिएका कुल ५ लाख भन्दा बढि तमाम् सौन्दर्य ब्यवसायी र सौन्दर्यशास्त्रीहरु समेत उच्च जोखिममा रहेको अवस्थाबोध गरेका छौ । तसर्थ, सौन्दर्य कला ब्यवासायी संघ सरकारको अर्को निर्णय नआएसम्मका लागि सम्पूर्ण ब्यवसाय बन्द गरि सरकारको निर्देशनलाई पूर्णरुपमा पालना गर्ने सवालमा हेलचक्राई नगरिदिनु हुन विनम्रतापुर्वक अनुरोध गर्दछ । साथै, संघका सबै सदस्यहरुलाई उच्च सतर्कता अपनाउनका लागि अनुरोध समेत गर्दछौं । कमला श्रेष्ठ
अध्यक्ष सौन्दर्य कला व्यवसायी संघ
FACEBOOK COMMENTS