काठमाडौं,चैत ८- चिनियाँ धनाढ्य ज्याक माले नेपालसहित नौ एसियाली मुलुकलाई ‘कोरोनाभाइरस’सँग जुध्न आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने जनाएका छन् ।
ज्याक माले नेपाललगायत १० राष्ट्रलाई अफगानिस्तान, बङ्गलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, मंगोलिया, म्यानमार, पाकिस्तान र श्रीलंकालगायत देशलाई मास्क, कोरोना टेस्ट किट, प्रोटेक्टिभ सुट, भेन्टिलेटर र थर्मोमिटर लगायत आवश्यक सामाग्री सहयोग गर्ने उल्लेख गरेका छन्।
शनिबार ट्वीट गर्दै उनले १८ लाख मास्क, दुई लाख १० हजार टेस्ट किट, ३६ हजार सुरक्षित पोसाक, केही भेन्टिलेटर र थर्मोमिटर दिने बताएका हुन् ।ज्याक माले यी सामग्री चाँडै पुर्याउन सहज नभएपनि यो काम सम्पन्न गरेरै छाड्ने दृढता व्यक्त गरेका छन् ।
शनिबार ट्वीट गर्दै उनले भनेका छन्,‘ यो डेलिभर गर्न सजिलो छैन तर हामी चाँडो भन्दा चाँडो उपलब्ध गराउने छौं।’
यसअघि उनले अमेरिकालाई पाँच लाख टेस्टिङ किट र दस लाख थान मास्क उपलब्ध गराएका थिए।
FACEBOOK COMMENTS