काठमाडौं,चैत ८ – कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण एकको मृत्यु भएको भन्दै झुटो प्रचार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार दिउँसो नेपाल प्रहरीको साइबर ब्यूरोले रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगरलाई पक्राउ गरेको हो । उनले कोरोनाका कारण एक नेपालीको मृत्यु भएको तर अस्पतालले घटना लुकाएको भन्दै सामाजिक सञ्जालमा अडियो सन्देश पोष्ट गरेका थिए।
शनिबार विहान पोष्ट गरीइको उक्त अडियो सन्देशले धेरै मानिसमा क्रासको सृजना भएको थियो । मगरमाथि विस्तृत अनुसन्धान थालिएको साइबर ब्युरोले जनाएको छ ।
FACEBOOK COMMENTS