काठमाडौं,चैत ९- नेपाल स्टक एक्सचेन्ज नेप्सेले शेयर कारोबार सुचारु राख्ने निर्णय गरेको छ । नेप्सेले विद्युतीय कारोबार रोक्न सरकारले स्पष्ट निर्देशन नदिएको भन्दै आनलाइन कारोबार खुला गरेको हो । यद्यपि ब्रोकरबाट हुने कारोबार भने बन्द गरिएको ब्रोकर एशोसिएशनले जनाएको छ ।
बजार खुलेको अवधिमा ३ वटा कम्पनीको मात्र कारोबार भएको छ । ब्रोकरहरुले सेवा बन्द गर्ने निर्णय गरेकोले उनीहरुले कुनै खरिद वा बिक्रि अर्डर लिएका छैनन् ।
नेप्सेले अनलाइन कारोबार खुला गरेको जनाए पनि ब्रोकर कार्यालयहरूले आफ्नो युजर लग इन नगरेकाले लगानीकर्ताले सेयर कारोबार गर्न भने पाएका छैनन् ।
आजै ५ ओटा लगानीकर्ता संघले सेयर बजार बन्द गर्न माग गर्दै नेप्से कार्यालयमा पुगेका छन् । उनीहरुले सरकारले घोषणा गरेको अघोषित लक्डाउन को अवधिसम्म सेयरकारोबार बन्द गर्नुपर्ने आवाज उठाएका छन्।
FACEBOOK COMMENTS