काठमाडौं,चैत ९- सरकारले औषधि, मास्क र सेनिटाइजर, पीपीई र स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पन्जा लगायतको निर्यातमा रोक लगाएको छ । कोरोना भाइरसको संक्रमण विश्वभर नै फैलिएको अवस्थामा यसबाट जोगिन मुलुकमै औषधि, मास्क र स्यानिटाइजरको माग अत्यधिक हुने भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निकासीमा रोक लगाएको हो ।
मन्त्रालयको अनुरोधमा भन्सार विभागले शनिबारदेखि निकासीमा रोक लगाएको विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए । नेपालमै मास्क, स्यानिटाइजर तथा अन्य औषधिको माग धेरै रहेकाले त्यसको सहज आपूर्तिका लागि त्यस्ता वस्तुको निर्यात रोकिएको दाहालले बताए ।
FACEBOOK COMMENTS