काठमाडौं, चैत ९ – सरकारले सोमबारदेखि लामो दुरीका सार्वजनिक गाडी चलाउन रोक लगाएसँगै एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने भएको छ । काठमाडौै उपत्यकामा भने यो नियम लागु हुने छैन ।
यातायात व्यवस्था विभागले सोमबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने जनाएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरभित्र गाडी ओहोर दोहार गर्न पाइने भए पनि काठमाडौंबाहिरका सबै ठाउँमा भने एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने विभागका महानिर्देशक गोगन हमालले बताएका छन् ।
यो नियम यात्रु ओसार्ने सार्वजनिक, निजी र भाडाका चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सबै यातायातका साधनमा लागु हुनेछ भने एम्बुलेन्स, पानी, औषधि, दूध लगायतका अत्यावश्यक सेवाका गाडी भने लागु हुनेछैन् ।
FACEBOOK COMMENTS